सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिन आज  « Khabarhub

सिटी होटलको आईपीओमा आवेदन दिने अन्तिम दिन आज 


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । 

सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख  रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गरेको र सो मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गरेको छ । 

यसैगरी कम्पनीले कर्मचारीहरूका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : ५९ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन