कारागार डुवानमा पर्दा कैदीबन्दीको बिचल्ली « Khabarhub

कारागार डुवानमा पर्दा कैदीबन्दीको बिचल्ली


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– हप्तादिनदेखिको जारी वर्षासँगै महोत्तरी कारागार जलमग्न भएपछि कैदीबन्दीको बिचल्ली भएको छ । लगातार परेको पानीसँगै कारागार डुबानमा परेपछि कैदीबन्दी खाना समेत राम्ररी पकाएर खान पाएका छैनन् ।

जिल्ला सदरमुकाम जलेश्वरको गहिरो ठाउँमा रहेको कारागारमा परेको पानी र बाहिरबाट बगेर आएको पानी निकास नहुँदा जलमग्न भएको हो । कारागार परिसर जलमग्न भएपछि कैदी/थुनुवालाई खान, बस्न र सुत्न निकै कठिनाइ भएको छ ।

१९१३ सालमा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले १ सय ३५ जनासम्म कैदीबन्दी राख्न मिल्न गरी बनाएको कारागारमा अहिले ५ सय २८ जना कैदीबन्दी छन् । कारागार भुइँतल्लामा पाँच फिट पानी भरिएपछि सबै कैदीबन्दीलाई छैटौं तल्लामा सारिएको छ । माथि खाँदिएर बस्नुपर्दा निकै असहज भएको कैदीबन्दीको दुखेसो छ ।

कारागारका पुरुष र महिलाका २ छुट्टाछुट्टै कक्षमध्ये पुरुष कक्षमा अहिले ४ सय ७२ र महिलाकक्षमा ३ आश्रित बालबालिकासहित ४६ गरी कूल ५ सय २८ कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी न्यायिक निकायले पठाएपछि उनीहरुको व्यवस्थापनमा असजिलो हुँदै आएको कारागार प्रशासनले जनाएको छ ।

महोत्तरी र धनुषाको संयुक्त कारागार रहँदै आएको यहाँ धनुषाकै कैदीबन्दी बढी छन् । १ सय ६३ वर्ष पुरानो कारागार भवनले त्यसयता राम्ररी मर्मतसम्भार नपाउँदा छत तथा भित्ताका इँट्टा र सिमेन्टका टुक्रा झरिरहेर बसाइ सधैँ डरमर्दो हुने गरेको कैदीबन्दी बताउँछन् । कारागारमा शौचालय र खानेपानीका धारा ४/४ वटा मात्र सञ्चालनमा रहँदा दिसापिसाब गर्न र नुहाइधुवाई लागि घण्टौँ पालो पर्खनुपर्ने अवस्था रहेको कैदीबन्दीको गुनासो छ । सरसफाइ राम्रो हुन नसक्दा धेरैजसो कैदी/थुनुवालाई छाला चिलाउने समस्या रहेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : २८ बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका