दैलेखका सबै विद्यालयमा पुग्यो पाठ्यपुस्तक | Khabarhub Khabarhub

दैलेखका सबै विद्यालयमा पुग्यो पाठ्यपुस्तक


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् ।

जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाका ९० वडामा रहेका पाँच सय ११ सामुदायिक विद्यालय तथा निजी विद्यालयमासमेत पाठ्यपुस्तक पठाइएको छ । यसअघि शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि पाठ्यपुस्तक नपाएको गुनासो विद्यार्थीले गर्ने गरेका थिए ।

यसवर्ष शैक्षिक सत्र सुरु हुनासाथ विद्यार्थीले पाठ्यपुस्तक पाएका शिक्षा विकास तथा समन्वय इकाइ दैलेखका निमित्त प्रमुख रतनबहादुर विष्टले जानकारी दिए । “अघिल्लो वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक उपलब्ध नगराउँदा विद्यार्थीले असोजमा मात्र पाएका थिए, यसवर्ष समयमै पाठ्यपुस्तक विद्यालयमा पुगेका छन्’, उनले भने ।

हाल कक्षा १ देखि पाँचसम्मका पाठ्यपुस्तक सम्पूर्ण विद्यालयमा ढुवानी भइरहेको छ । अन्य कक्षाका पाठ्यपुस्तक पनि केही दिनमा ढुवानी गरिने विष्टले बताए । विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएपछि पठनपाठनमा सहज हुने भएको छ । पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गर्ने र विद्यालयले आवश्यक पुस्तक खरिद गरी विद्यार्थीलाई वितरण गर्ने गरेका छन् ।

अल्फा पुस्तक पसलका किश्वर खत्रीले दैनिक पुस्तक विद्यालयमा ढुवानी हुन थालेको बताए । यस्तै देउती पुस्तक पसलका हस्त शाहीले पुस्तक समयमै आउँदा विद्यार्थी र अभिभावकले खुसी व्यक्त गर्ने गरेको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ३ : १८ बजे

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर

इलाम–२ : कांग्रेस र एमालेबीच प्रतिस्पर्धा चल्दा एकीकृत समाजवादीलाई ६ मत

काठमाडौं– इलाम क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेस र

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई मन्त्री चौधरीको आह्वान

काठमाडौं–  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले नेपालमा लगानीको