खहरेको बाढीले यातायात सेवा अवरुद्ध « Khabarhub

खहरेको बाढीले यातायात सेवा अवरुद्ध


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अबिरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो ।

खोलामा एक्कासी बाढी आएपछि आइतबार हप्पुखोला, सिनाम पुगेर फर्कने क्रममा बसेका सवारी साधन सिनामै रोकिएका छन् भने ताप्लेजुङ सदरमुकाम, पाँचथर, झापालगायत ठाउँबाट सिनाम, आम्बेगुदिनलगायत स्थान पुग्ने सवारी साधन पनि थुम्बेदिनबाटै फर्किएको सिनामवासी भीम थेबेले जानकारी दिए । बीचैमा सवारी साधन रोकिएकाले ती स्थानमा आवत–जावत गर्ने यात्रु अलपत्र परेका छन् ।

यसैगरी सिनाम र आम्बेगुदिनको बीचमा पर्ने नेबु खोला आसपासमा झरेको पहिरोले पनि बाटो अवरुद्ध बनाएको छ । वर्षाकै कारण ग्रामीण क्षेत्रका कच्ची सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरोसमेत झरेकाले सवारीसाधन सञ्चालन गर्न नसकिएको यातायात व्यावसायीहरूले बताएका छन् ।

‘केही दिनदेखि फक्ताङलुङ, दोभानलगायत ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनले बेल्चा र कोदालोसमेत बोकेर प्रस्थान गर्ने गरेका छन्, कतिपय गाडी बाटो पन्छाउँदै गन्तव्यसम्म नै पुगेर फर्किन्छन् र कतिपय बीचैबाट फर्काउनुपर्ने हुन्छ,’ जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भने । प्राय ग्रामीण क्षेत्रका नयाँ सडकमा समस्या देखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ४६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको