सैनिक आचारसंहिता कार्यक्रम सुरु | Khabarhub Khabarhub

सैनिक आचारसंहिता कार्यक्रम सुरु


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ ।

सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता सङ्ग्रहमा उल्लिखित विषय प्रशिक्षित तुल्याउने उद्देश्यले सेनाले दुई दिवसीय कार्यक्रम गरेको हो । सेनाले प्रत्येक वर्ष नववर्ष प्रारम्भसँगै यस्तो कार्यक्रम गर्दै आएको छ ।

बलाध्यक्ष रथी सीताराम खड्काले आज कार्यक्रमको शुभारम्भ गर्दै सेनाको सबै तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि तथा सकल दर्जालाई अनुशासित र व्यावसायिक फौज निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।

प्रधानसेनापति प्रभुराम शर्मा सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालित कार्यक्रम समापन समारोहमा बुधबार सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : १६ बजे

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र