एमालेकाे लोकप्रियता कायमै छ : महासचिव पोखरेल « Khabarhub

एमालेकाे लोकप्रियता कायमै छ : महासचिव पोखरेल


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन् ।

आज आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे । आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उहाँले दाबी गरे । उनले भने, “हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हौँ । यसले मुलुकमा उत्साह र उमङ्ग ल्याएको छ ।”

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रविन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताए । “हामी एमालेलाई पहिलो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्दैछौँ । अहिले हामीलाई सरकारका जाने कुनै चासो छैन”, उनले भने , “हाम्रो लक्ष्य र उद्देश्य भनेकै ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै हो ।” राजनीतिक स्थायित्व कायम गर्न मुलुकमा बलियो पार्टी बन्ने अभियानको यात्रामा एमाले लागेको उपाध्यक्ष नेम्वाङको भनाइ थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : ०८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना