वित्तीय आतंकविरुद्धको आमहड्ताल वैशाख ११ गतेदेखि  « Khabarhub

वित्तीय आतंकविरुद्धको आमहड्ताल वैशाख ११ गतेदेखि 


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ ।

वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार सरकारलाई आफ्नो माग पूरा गर्न १० वैशाखसम्मको समयसीमा दिएको भए पनि हालसम्म सम्बोधन गर्न कुनै तयारी नगरेकाले आमहड्तालको तयारीलाई तिव्रता दिइएको हो ।

वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर प्रतिशत कायम गर्नुपर्ने, कालोसूची र लिलामी प्रक्रियामा अगाडि बढाइएका ऋणीहरूलाई समय थप गरी पेसा/व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, यातायात क्षेत्र, उद्योगी व्यवसायी क्षेत्रमा सरकारद्वारा आर्थिक तथा व्यवसायीक रुपमा गरिएका सम्पूर्ण ज्यादतीहरुको अन्त्य गर्नुपर्ने, किसान, श्रमिक, युवा, विद्यार्थी, सुकुम्वासी, स्थानीय जनसमुदायका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने, जनतामाथि आर्थिक बोझ बनेको प्रदेश सरकार खारेज गर्नुपर्ने, वैदिक सनातन धार्मिक राष्ट्र कायम गर्नुपर्ने, शिक्षा, स्वास्थ्य निःशुल्क रोजगारको ग्यारेन्टीसहित महङ्गी र भ्रष्ट्राचारको अन्त्य गर्नुपर्नेलगायतका माग राखेर आन्दोलनमा उत्रिन लागेको अध्यक्ष थापाले बताए।

लामो समयदेखि उत्पन्न राज्यको वित्तीय आतंक र राष्ट्रका हरेक पक्षमा नियोजित रुपमा गराइएको आर्थिक संकटको निकासका लागि आम नागरिक, उद्योगी, व्यवसायी तथा सम्बन्धित सबै पक्षको आग्रहमा आन्दोलनमा उत्रिन लागेको राष्ट्रवादी केन्द्रका मिडिया प्रमुख तथा सचिवालय सदस्य भुवन संगमले सुनाए ।

उनका अनुसार राष्ट्रवादी केन्द्रसहित राष्ट्रवादी यातायात व्यवसायी महासंघ र राष्ट्रवादी उद्योगी व्यवसायी महासंघको संयुक्त आयोजनामा वित्तीय आतंकविरुद्ध सडकमा उत्रिन लागेको हो । आफ्नो आन्दोलनप्रति सार्वजनिक यातायात व्यवसायी महासंघका तर्फबाट प्रमुख संरक्षक होमप्रसाद अधिकारी, ट्रक व्यवसायी महासंघका तर्फबाट महासचिव राजेन्द्र विक्रम पाण्डेलगायतले ऐक्यबद्धता जनाएको उनको भनाइ ।

नागरिकलाई शोषण गरेर नेता पाल्ने व्यवस्थाको अन्त्यबिना आर्थिक संकटको समाधान नहुने भन्दै उनले यसका विरुद्ध पनि जनता सडकमा उत्रिने चेतावनी दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ५० बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो