गर्मीमा कालो अंगुरका फाइदा « Khabarhub

गर्मीमा कालो अंगुरका फाइदा


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले बजारमा प्रशस्त मात्रामा अंगुर पाइन्छ। हरेक फलफूलको पसलमा कालो र हरियो अंगुर पाइन्छ। यो गर्मी मौसममा अंगुरले शीतलता पनि प्रदान गर्ने कारण मानिस यो फल खान रुचाउँछन्।

अंगुर बालबालिकादेखि लिएर वृद्धले पनि मन पराउने फल हो। यो एक स्वादिष्ट फल हो। यसले मानिसको शरीरमा खानाको भन्दा पनि बढी शक्ति प्रदान गर्दछ। हल्का रातो र गाढा कालो रङको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ।

कालो अंगुरमा प्रशस्त मात्रामा भिटामिन सी, ए, बी १६, प्रोटिन, क्याल्सियम, फस्फोरस तथा म्याग्नेसियम जस्ता पौष्टिक तत्व पाइने चिकित्सकले बताएका छन्।

अंगुर सेवनले कयौं प्रकारका रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्छ। कालो अंगुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ। कालो अंगुरमा पाइने विशेष खालको केमिकलले हाम्रो शरीरको हड्डीहरुलाई बलियो र मजबुद बनाउने काम गर्दछ।

कालो अंगुर सेवनका फाइदा
– मोटोपना नियन्त्रणमा मद्दत गर्छ।
-डायबेटिज, ब्लड प्रेसर मुटु रोगको लागि निकै फाइदाजनक छ।
-कालो अंगुरमा भएको एन्टिअक्सिडेन्ले हृदघातको समस्या कम गराउछ।
– कालो अंगुरको सेवनले आँखाको दृष्टि कम हुन दिँदैन।
– अंगुरमा भएको पानीको मात्राले पाँचन प्रक्रियामा सहज बनाउँछ।
– अंगुरमा भएको पोटासियम र साइटोकेमिकल्स तत्त्वले मुटु स्वस्थ राख्ने काम गर्दछ।
– कालो अंगुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइने हुँदा यसले कपाललाइ चम्किलो र नरम बनाउँछ। साथै कपाल फुल्ने, झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
– छाला सफा र चम्किलो बनाउनसमेत अंगुरले मद्दत गर्दछ।
– कालो अंगुरको सेवनले स्मरणशक्ति बढाउने काम गर्छ।
– कालो अंगुरको सेवनले क्यान्सर लाग्ने सम्भावना कम हुन्छ।
– कालो अंगुर सेवनले किड्नी स्वस्थ रहन्छ।
– अंगुरमा पाइने एन्टिअक्सिडेन्टले हाई कोलेस्ट्रोलबाट लड्नमा मद्दत गर्छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ७ : १९ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक