गर्मीमा कालो अंगुरका फाइदा | Khabarhub Khabarhub

गर्मीमा कालो अंगुरका फाइदा


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले बजारमा प्रशस्त मात्रामा अंगुर पाइन्छ। हरेक फलफूलको पसलमा कालो र हरियो अंगुर पाइन्छ। यो गर्मी मौसममा अंगुरले शीतलता पनि प्रदान गर्ने कारण मानिस यो फल खान रुचाउँछन्।

अंगुर बालबालिकादेखि लिएर वृद्धले पनि मन पराउने फल हो। यो एक स्वादिष्ट फल हो। यसले मानिसको शरीरमा खानाको भन्दा पनि बढी शक्ति प्रदान गर्दछ। हल्का रातो र गाढा कालो रङको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ।

कालो अंगुरमा प्रशस्त मात्रामा भिटामिन सी, ए, बी १६, प्रोटिन, क्याल्सियम, फस्फोरस तथा म्याग्नेसियम जस्ता पौष्टिक तत्व पाइने चिकित्सकले बताएका छन्।

अंगुर सेवनले कयौं प्रकारका रोगसँग लड्न सक्ने शक्ति प्रदान गर्छ। कालो अंगुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ। कालो अंगुरमा पाइने विशेष खालको केमिकलले हाम्रो शरीरको हड्डीहरुलाई बलियो र मजबुद बनाउने काम गर्दछ।

कालो अंगुर सेवनका फाइदा
– मोटोपना नियन्त्रणमा मद्दत गर्छ।
-डायबेटिज, ब्लड प्रेसर मुटु रोगको लागि निकै फाइदाजनक छ।
-कालो अंगुरमा भएको एन्टिअक्सिडेन्ले हृदघातको समस्या कम गराउछ।
– कालो अंगुरको सेवनले आँखाको दृष्टि कम हुन दिँदैन।
– अंगुरमा भएको पानीको मात्राले पाँचन प्रक्रियामा सहज बनाउँछ।
– अंगुरमा भएको पोटासियम र साइटोकेमिकल्स तत्त्वले मुटु स्वस्थ राख्ने काम गर्दछ।
– कालो अंगुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइने हुँदा यसले कपाललाइ चम्किलो र नरम बनाउँछ। साथै कपाल फुल्ने, झर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।
– छाला सफा र चम्किलो बनाउनसमेत अंगुरले मद्दत गर्दछ।
– कालो अंगुरको सेवनले स्मरणशक्ति बढाउने काम गर्छ।
– कालो अंगुरको सेवनले क्यान्सर लाग्ने सम्भावना कम हुन्छ।
– कालो अंगुर सेवनले किड्नी स्वस्थ रहन्छ।
– अंगुरमा पाइने एन्टिअक्सिडेन्टले हाई कोलेस्ट्रोलबाट लड्नमा मद्दत गर्छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ७ : १९ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।

उत्तरी सुडानमा खान नपाएर चरा चराचुरुङ्गी आहार, शिविरमा फैलियो कोलेरा

सुडान – उत्तरी सुडानको डार्फर क्षेत्रमा खानाको अभावमा मानिसले चरा