सुनको भाउ घट्यो, चाँदीको स्थिर | Khabarhub Khabarhub

सुनको भाउ घट्यो, चाँदीको स्थिर


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ बिहीबार घटेको छ । यसअघि बुधबार ३०० रुपैयाँले बढेको सुन बिहीबार ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कायम भएको छ।

बुधबार छापावाल सुन मूल्य प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार बिहीबार चाँदीको भाउ स्थिर रहेको छ। बिहीबार चाँदी तोलाको १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ११ : ३३ बजे

रङ्गीविरङ्गी बत्तीले धनगढीका सडक झिलीमिली

सुदूरपश्चिम – ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान

कार्तिक शुक्ल पञ्चमी : छठको दोस्रो दिन गरियो खरना

काठमाडौं – छठ पर्वको मुख्य व्रत विधि सुरु भएको दोस्रो

सातामा दुई भाग ‘सकस’ ल्याउँदै राजु मास्टर

काठमाडौं- पछिल्लो समयको हिटमध्ये एक सिरियल ‘सकस’ हप्तामा दुई भाग

कीर्तिपुरमा सुरु भयो उप निर्वाचनको माहोल

काठमाडौं । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ

पोखरा महानगरको निर्णयमा लोकसेवाको अंकुश, एक सय २९ कर्मचारीको स्थायी नियुक्ति बदर

पोखरा- गण्डकी प्रदेश लोकसेवा आयोगले पोखरा महानगरपालिकाले स्थायी नियुक्ति दिएका