तनहुँमा चैते धान खेती घट्दो « Khabarhub

तनहुँमा चैते धान खेती घट्दो


७ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ। दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ।

चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी। अहिले जिल्लामा चैते धान रोपाइँँ भइरहेको छ। करिब ७० प्रतिशत रोपाइँ कार्य सम्पन्न भएको उनले जानकारी दिएका छन्।

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ कार्य प्रभावित भएको छ। उनले भने, “युवा शक्ति विदेशिदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको छ।” चैते धान प्रायः चिउराको लागि प्रयोग गरिन्छ। चिउरा मिल सञ्चालकले चैते धान खरिद गरिदिँदा कृषक उत्साहित हुने गरे पनि पछिल्लो समय चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दै गएको उनले सुनाए।

जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिकामा र बन्दीपुरका केही स्थानमा अहिले पनि चैते धानखेती गरिँदै आइएको छ। चैते धान काट्ने थन्काउने समयमा पानी पर्ने र पानीले भिजेको धानको गुणस्तरसमेत घट्ने हुँदा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने समस्याले पनि कृषक यस खेतीतर्फ आकर्षित हुन छाडेको उनले बताए।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार  ११ : ५६ बजे

स्वास्थ्य मन्त्रालयद्वारा शासकीय सुधार अन्तर्गत पहिलो चरणको प्रगति विवरण सार्वजनिक

काठमाडौं – सरकारले जारी गरेको शासकीय सुधारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक

काठमाडौं – वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको

इरानले लडाकु विमान खसालेको अमेरिकाले गर्‍यो पुष्टि

काठमाडौं- इरानले अमेरिकी लडाकु विमान खसालेको छ । एक अमेरिकी

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग

वासिङ्टन – ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको

सेना र कर्मचारी फकाउँदै एमालेले भन्यो- सम्बन्ध ‘पूर्ववत् मित्रवत्’ छ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले