पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत « Khabarhub

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेनी – म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय, पोखराले चालु आर्थिक वर्षमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिए। पहुँच नपुगेका र लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गर्दै आएका स्थानमा विद्युत विस्तार गर्न बजेट स्वीकृत भएको हो ।

धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्य रहेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताए । योजना कार्यान्वयन भएपछि जिल्लाका थप दुई हजार एक सय ५८ घरधुरीमा बिजुलीको पहुँच पुग्ने बताइएको छ ।

प्राधिकरणले स्वीकृत गरेको बजेटबाट अन्नपूर्ण गाउँपालिकाको मोहरे, फूलबारी, रघुगङ्गा गाउँपालिकाको पात्लेखर्क, धवलागिरि गाउँपालिकाको मल्कबाङ, मराङ, बुल, लुलाङ र खिवाङ, मालिका गाउँपालिकाको घ्याङ्लेपानी, ओखरबोट, जेम, बुल, पात्ले, महभिर, चिउरीबोट, छापा, सिस्नेरी र लुक्सिपारमा बिजुली पुर्‍याउने योजना रहेको बेनी वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : ४५ बजे

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा