राष्ट्र बैंकद्वारा ९ वटा वाणिज्य बैंकलाई कारवाही | Khabarhub Khabarhub

राष्ट्र बैंकद्वारा ९ वटा वाणिज्य बैंकलाई कारवाही


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरूलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । जसअनुसार तोकेको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरिवानामा परेका छन् । 

राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक)लाई २ करोड ८४ लाख रुपैयाँको जरिवाना तिराएको हो । यसैगरी, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँ कारवाहीमा परेका छन् । 

राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशन उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको हो । 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : १३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा