आर्थिक समस्या समाधानका लागि निजी क्षेत्र तयार : अध्यक्ष ढकाल « Khabarhub

आर्थिक समस्या समाधानका लागि निजी क्षेत्र तयार : अध्यक्ष ढकाल


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य सङ्घद्वारा आज आयोजित १८औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

“हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभामा उल्लेख गरिएको प्राथमिकतामा आर्थिक समस्या समाधानलाई पहिलो प्राथमिकता दिइएको छ”, उनले भने , “नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतसँगको भेटमा समाधानका उपायका बारेमा छलफल भएको छ । वर्तमान आर्थिक समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले बनाएका योजनालाई संयुक्तरूपमा कार्यान्वयनमा ल्याएर समाधानको उपाय निकाल्ने छौँ ।”

सङ्घीय राजधानी काठमाडौँसँग जोडिएको नुवाकोटमा कृषि, पर्यटन र जलस्रोतको धेरै सम्भावना भएकाले त्यसलाई उपयोगमा ल्याउन वाणिज्य सङ्घ नुवाकोट सफल हुने अध्यक्ष ढकालले विश्वास व्यक्त गरे । त्यसका लागि सम्भावित क्षेत्रमा आयोजनाको पहिचान, पूँजी र प्रविधिको व्यवस्थापन र लगानीको वातावरण मिलाउन नेपाल उद्योग वाणिज्य महासङ्घले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ०१ बजे

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत