जहाँ ‘होचा पुड्का’को मात्र शासन चल्छ « Khabarhub

जहाँ ‘होचा पुड्का’को मात्र शासन चल्छ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः ठाउँ, भुगोल लगायत कुराले मानिसको उचाई तथा बनोटमा अवश्य फरक पार्छ । अनि समाज, देश, जात अनुसार पनि मानिसहरु फरक फरक हुन्छन् ।

आज हामी यस्तो ठाउँको कुरा गर्दै छौं जुन स्थानमा होचा–पुड्का मानिस मात्र बसोबास गर्छन् । उनीहरुकै शासन चल्छ । झट्ट सुन्दा त तपाईंलाई विश्वास नलाग्न पनि सक्छ । अचम्म नमान्नुस् यो बास्तविकता हो ।

अनौठो गाउँको नामले पनि चिनिने त्यो ठाउँ हो– याङ्सी । याङ्सी नामको त्यो गाउँलाई संसारकै एक मात्रै होचा–पुड्का बस्ने गाउँका रूपमा चिनिँदै आएको छ । त्यो गाउँ भने सन् १९५१ मा मात्र पत्ता लागेको थियो ।

त्यो गाउँमा बस्ने करिब ४० प्रतिशत मानिस एकदमै होचा छन् । त्यहाँ रहेका मानिसको उचाइ २ फिट १ इन्च देखि बढीमा ३ फिट १० इन्चसम्म हुने गरेको छ । तर अहिले गाउँभरिमा जम्मा ८० जनाको हाराहारीमा मात्र मानिस बस्छन् ।

समग्र गाउँकै धेरै मानिस पुड्का भएपछि अहिले वैज्ञानिकहरूले यसमा चासो देखाएका छन् । सन् १९९७ मा गरिएको एक अनुसन्धानक्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको थियो ।

वैज्ञानिकले सोही माटोलाई होचोपनको प्रमुख कारण मानेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ४ : ५७ बजे

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान

बाँके– बाँकेमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी

सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते

भक्तपुर – मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका

बत्तीको भरमा गैरीगाउँ–सिनामङ्गलका टहरा भत्काइयो

काठमाडौँ – काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ–सिनामङ्गलमा अतिक्रमण गरी निर्माण गरिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८३ साल वैशाख १३ गते आइतबार। वैशाख