वाट्सएपमा समूह सदस्य बन्न अनुमति चाहिने « Khabarhub

वाट्सएपमा समूह सदस्य बन्न अनुमति चाहिने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-पछिल्लो समय सामाजिक सञ्जाल सूचना प्रवाहको प्रभावकारी माध्यम बन्दै गएको छ । फेसबुक, ट्वीटर, इन्टाग्राम, इमो, वाट्सएपलगायतका सामाजिक सञ्जाल मानिसको आम धारणा बनाउँका साथै सञ्चार प्रवाहका लागि बढी प्रयोग हुन थालेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले आफू अनुकुल चलाउँदा सहज मानेपनि विभिन्न व्यक्ति र समूहबाट आएका आग्रह (अनुरोध)का कारण हैरान भएको पनि टिप्पणी गर्दन् । वाट्सएपको समूहमा विना अनुमति जोडिँदा हैरान भएका प्रयोगकर्तालाई यो खुसीको खबर छ । अब वाट्सएपको कुनै पनि ग्रुपमा तपाईंको अनुमति बिना कसैले तपाईंलाई सहभागि गराउन सक्दैन।

WABetaInfo ले तयार पारेको एक रिर्पोट अनुसार वाट्सएपमा थपिएको एक ‘फिचर’ का कारण बिना अनुमति कसैले ग्रुपमा सामेल गराउन नसक्ने भएको हो ।
नयाँ व्यवस्था अनुसार अब वाट्सएपको एपमा ‘ग्रुप इन्भिटेसन’ नामको एक स्तम्भ थपिएको छ ।

यो सेवा अहिले विस्तारको क्रममा छ । अहिले आईओएस एपका लागि प्रयोगमा आएपनि एन्ड्रोइड फोनमा पनि चाँडै जोडिने छ । यो सेवा जोडिएसँगै कुन ग्रुपमा बसेर काम गर्ने भन्ने कुरा प्रयोगकर्ता आफैंले निर्धारण गर्न सक्छ । जसका लागि वाट्सएपको सेटिङमा गएर ‘अकाउन्ट’ तथा ‘प्राइभेसी’ सेटिङलाई व्यवस्थित बनाउन आवश्यक पर्दछ ।

यो फिचर कार्यान्वयमा आएपछि कसैले तपाईंलाई कुनै समूहमा राख्न खोज्दा उसले सक्दैन। अनि तपाईंलाई एउटा सूचना (नोटिफिकेसन) आउनेछ । जसमा गु्रपमा बस्न चाहने कि नचाहने विकल्प तपाईंलाई हुनेछ । तपाईंले ७२ घण्टाभित्र कुनै एक विकल्प छान्न पाउनुहुनेछ । अनुरोधलाई स्वीकार गर्नुभयो भने मात्र तपाईं ग्रुपमा सामेल हुनुहुनेछ ।

यसरी आफूलाई जानकारी बिना नै विभिन्न समूहमा राखेर आउने सूचना र अनुरोधले दिएको दिक्दारी पनि विस्तारै व्यवस्थित हुँदै जानेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १० : ५८ बजे

शिवशिखर सहकारीका २१६ जना पीडितले पाए बचत फिर्ता

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप साना बचतकर्ताको रकम फिर्ता

सामाजिक सञ्जालमार्फत होटलमा यौन धन्दा, १२ युवतीसहित १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य

निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब

काठमाडौँ । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडकको विगतका आर्थिक वर्षको

महावीरले मागेको मन्त्रालय पाउँदा रास्वपाकै सांसद जिल्लिए

काठमाडौं- झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बलियो