लमजुङका प्रदेशसभा सदस्य पौडेलले सार्वजनिक गरे चुनावी खर्चको विवरण « Khabarhub

लमजुङका प्रदेशसभा सदस्य पौडेलले सार्वजनिक गरे चुनावी खर्चको विवरण


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

गत मंसिर ४ गतेको निर्वाचनमा लमजुङबाट प्रदेशसभामा चुनिएका पौडेलले सोमबार खर्च विवरण सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलन गरेर उनले खर्च विवरण सार्वजनिक गरेका हुन् । सवारी साधन शीर्षकमा १ लाख ३४ हजार रुपैयाँ, इन्धन शीर्षकमा ७७ हजार ६ सय १५ रुपैयाँ, खाना तथा खाजाका लागि १ लाख ४४ हजार रुपैयाँ, झण्डा तथा ब्यानर निर्माणको लागि १ लाख ८२ हजार २ सय रुपैयाँ र पर्चा पम्प्लेटमा तीन लाख ४४ हजार २ सय गरी कुल ८ लाख ८१ हजार १५ रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।

उनले सोही विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र खर्चको विवरण बुझाउनुपर्ने प्रावधान भए पनि अधिकांश उम्मेदवारहरुले अहिलेसम्म खर्च सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ४१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु