विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन  « Khabarhub

विपद् जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन 


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा गृह मन्त्रालयले आयोजना गरेको विपद् जोखिम व्यवस्थापन नीतिगत व्यवस्थादेखि अभ्याससम्म विषयक राष्ट्रिय कार्यशालामा श्रेष्ठले संविधानले विपद् व्यवस्थापनलाई सबै तहको साझा जिम्मेवारीमा राखेको भन्दै विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी  दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझाब दिए । श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए । पुननिर्माणपुनस्थापनामा प्राधिकरणसँगै शहरी विकास मन्त्रालय, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय , कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा विज्ञहरूले प्राकृतिक जोखिमका हिसाबले नेपाल उच्च जोखिममा रहेकाले पूर्व तयारीका लागि सबै सरोकारवालाहरूले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : २४ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा