विकास बोर्डले भन्यो- सरोज खनाल शौचालयको कमोडमा बसेको तस्वीर नियोजित ! « Khabarhub

विकास बोर्डले भन्यो- सरोज खनाल शौचालयको कमोडमा बसेको तस्वीर नियोजित !


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत असार २७ गते आयोजना गरिएको राष्ट्रिय अवार्ड वितरण समारोह सम्पन्न भएपछि यसको चौतर्फी विरोध भयो । समारोहमा आसेपासेका कलाकारलाई मनपरी अवार्ड दिइएको र राष्ट्रपति निवासमा कलाकारलाई हेपिएको भन्ने विषयले चर्चा पायो ।

कलाकार सरोज खनालले शौचालयको कमोडमा बसेर आफ्नो प्रस्तुति दिने पालो कुरेको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि यो कुरा बहसको विषय बन्यो । खनालले राष्ट्रपति निवासमा बस्ने राम्रो सुविधा नभएको भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो गुनासो पोखेका थिए ।

यही विषयलाई लिएर चलचित्र विकास बोर्डले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । विकास बोर्डले एक प्रेम विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘अभिनेता सरोज खनालले राष्ट्रपति कार्यालयको सभा हलमा कार्यक्रम प्रस्तुत गर्ने क्रममा त्यहाँ रहेको शौचालयमा बसेर व्यङ्ग्यात्मक शैलीमा फोटोसेसन गरेर सामाजिक सञ्जालमा पोस्ट गरी लेख्नुभएको स्टाटस र त्यसपछि विभिन्न सञ्चार माध्यममा आएको समाचारबारे बोर्ड निम्न कुरामा प्रष्ट छ ।’

विकास बोर्डका सूचना तथा अन्तराष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले जारी गरेको विज्ञप्तिको बुँदा नम्बर १ मा यो तस्वीर असुविधाका कारण नभएर नियोजित रुपमा खिचिएको भनिएको छ ।

यस्तै बोर्डले शौचालयमै बस्नपर्ने गरी कुनै पनि कलाकारलाई असुविधा नभएको पनि बोर्डले जनाएको छ । बोर्डले सबै कलाकारले हलमै बसेर कार्यक्रम हेरेको पनि दाबी गरेको छ ।

झण्डै ३ वर्षपछि भएको राष्ट्रिय अवार्ड समारोहको अहिले व्यापक विरोध भइरहेको छ । अभिनेता सरोज खनालले नायिका करिश्मा मानन्धरले लेखेको फेसबूक पोस्टमा कमेन्ट गर्दै राष्ट्रपति निवासमा कलाकारको सम्मान नभएको लेखेका थिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ४३ बजे

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं– नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले

गत चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौं– गत चैतमा विपद्का घटनामा परी  देशका विभिन्न भागमा ३०