बाढी प्रभावितलाई कांग्रेस सांसदको पाँच दिनको तलब | Khabarhub Khabarhub

बाढी प्रभावितलाई कांग्रेस सांसदको पाँच दिनको तलब


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् ।

कांग्रेस संसदीय दलले आइतबार विज्ञप्तिमार्फत राष्ट्रिय विपद्को दुःखद् घडीमा सबैलाई एकताबद्ध भई विपद्को सामना गर्न आह्वान गरेको छ । कांग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अपर्ण तथा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

पाँच दिनदेखि परेको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट विभिन्न जिल्लाका ६२ नागरिकले ज्यान गुमाएका छन् । कैयौँ नागरिक बेपत्ता, सयौँ घाइते तथा हजारौंँ प्रभावित भएका छन् । महत्वपूर्ण राजमार्ग अवरुद्ध भएको, अत्यावश्यक सेवा अवरुद्ध भएको, अर्बौं रुपैयाँ बराबरको घर, खेत, धनमाल र बाली नष्ट भएको वर्तमान अवस्थामा विपद् व्यवस्थापन, उद्धार राहत र पुनःस्थापना सम्बन्धी विषयमा संसद्मा गम्भीर छलफल गर्न आवश्यक भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले बाढीपहिरोसँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न प्रतिनिधिसभाको आजको बैठकको अन्य कारवाही स्थगन गरी विपद् व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक नदेखिएको आरोप लागाएको छ ।

“यस सम्बन्धमा संसद्मा छलफल गरी सांसदको धारणा सुनेर सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । विपद्का बेला सबै शक्ति एकजुट भई यसको सामना गर्न, जनतालाई विश्वास र भरोसा दिलाउन, विपद्बाट उद्धार, राहत र पुनःथापनामा जुट्नुपर्नेमा सरकार संसद्को सामना गर्न नै तयार नहुनु दुःखद् कुरा हो”, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ४५ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ