डा. स्वर्णिम वाग्लेलाई रवि लामिछाद्वारा बधाई « Khabarhub

डा. स्वर्णिम वाग्लेलाई रवि लामिछाद्वारा बधाई


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तनहुँ १ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेलाई सभापति रवि लामिछाने बधाई दिएका छन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्र्तगत  तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट निर्वाचित भएका वाग्लेलाई सभापति लामिछानेले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्।

सभापति लामिछानेले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईँको प्रतिनिधित्वले  स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु। प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ।’

यसै क्रममा उनले वाग्लेलाई सधैँ सँगै रहने साथी भन्दै संसद्‌मा उनको प्रतिनिधित्वले पार्टी स्थापनाको उद्देश्यलाई स्वर्णिम आयाम दिने विश्वास व्यक्त गरेका छन्।  

सभापति लामिछानेले भनेका छन् ‘संसद्‌मा तपाईँको प्रतिनिधित्वले स्वर्णिम आयाम दिनेछ भन्नेमा विश्वस्त छु’।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १२ : ४७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका