पाकिस्तानी विदेशमन्त्री भुट्टोले भारतको भ्रमण गर्ने « Khabarhub

पाकिस्तानी विदेशमन्त्री भुट्टोले भारतको भ्रमण गर्ने


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारी भारतको भ्रमण गर्ने भएका छन् । साङ्घाई सहयोग संगठनको बैठकमा सहभागी हुन पाकिस्तानी विदेशमन्त्रीले भारत भ्रमण गर्ने भएका हुन् । भुट्टो आगामी मे ४ र ५ मा हुने बैठकमा सहभागी हुने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

बैठकमा संगठनका सदस्य राष्ट्रहरु चीन, रुस, कजाकस्तान, उज्बेकिस्तान, किर्गिस्तानजस्ता मुलुकका प्रतिनिधिको पनि सहभागिता रहने बताइएको छ । भारतमा आयोजना हुने बैठकमा सहभागि हुनेबारे यसअघि पाकिस्तानले आनाकानी गर्दै आएको थियो ।

सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले भारतको भ्रमण गरेयता कुनै पनि सत्तारुढ पाकिस्तानी नेताले भारतको भ्रमण गरेका छैनन् । ९ वर्षपछि हुन लागेको पाकिस्तानी नेताको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : १७ बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान