फागुन भित्रै मलेसियाको रोजगारी खुल्ने, एकद्वार प्रणालीबाट कामदार लगिने | Khabarhub Khabarhub

फागुन भित्रै मलेसियाको रोजगारी खुल्ने, एकद्वार प्रणालीबाट कामदार लगिने


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लामो समयदेखि बन्द मलेसियाको रोजगार फागुन अन्तिम सातादेखि खुल्ने भएको छ । बायोमेट्रिक, भिएलएन, जिएसजी, वान स्टप सेन्टर र माइग्राम्सले मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षण र अन्य प्रक्रियाका नाममा गैरकानुनी रूपमा ठगी गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले गत जेठ २ गतेदेखि त्यहाँको रोजगारी बन्द गरेको थियो ।

मलेसियाको रोजगारी खुलाउने विषयमा सरकारीस्तरबाट सम्बन्धित निकायसँग छलफल भइरहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ । मलेसिया सरकारले विदेशी कामदार लिने नयाँ प्रक्रिया र नीति बनाइरहेको छ । मार्च पहिलो साताभित्र सवै प्रक्रिया मिलाई एकाद्धार प्रणालीमाफर्त विदेशी कामदार लिने जानकारी आएको श्रम मन्त्रालयका एक कर्मचारीले बताए । उनले भने, ‘फागुनको अन्तिम सातादेखि मलेसियाको रोजगार खुल्छ । मलेसियाको रोजगारका विषयमा दुवै देशका सम्बन्धीत निकाय गम्भीर भएर छलफल गरिहेका छन् । मलेसिया पनि नेपालबाट चाँडै कामदार लैजान बाटो खुलाउन खोजिरहेको छ ।’

पहिलो चरणमा मलेसिया रोजगार बन्द हुनअघि कलिङ भिसा लागेका कामदार दूतावासमार्फत पढाउने तयारी भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ । मलेसिया सरकारले नेपालबाट कामदार लिन नयाँ भ्यान्डरका विषयमा श्रम मन्त्रालयलाई प्रस्तावसहित पत्रचार गरेको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

मलेसिया सरकारले नेपाली कामदार रोजगारीमा लिदाँ आवश्यक पर्ने प्रक्रिया र नयाँ प्रणालीका विषयमा परराष्ट्र मन्त्रालयमार्फत प्रस्तावसहित पत्रचार गरेको दूतावासका एक कर्मचारीले बताए । यो विषयमा श्रम मन्त्रालयले सम्बन्धीत निकायसँग छलफल गरेर जवाफसहितको पत्र पठाउने तयारी गरिरहेको पाइएको छ।

मलेसिया सरकारले पछिल्लो समय रोजगारीका लागि विदेशी कामदार लिने प्रक्रिया नै बन्द गरेको छ । रोजगारीका लागि मलेसिया आउने कामदारलाई एउटै मापदण्ड बनाएर लिने भन्दै विदेशी कामदार लैजाने प्रक्रिया बन्द गरेको थियो । रोजगारीका लागि मलेसिया आउने कामदारमाथि आर्थिक र शोषणमा परेको भन्दै मलेसिया सरकारले नयाँ मापदण्ड बनाइरहेको जनाइएको छ ।

मलेसियामा रोजगारीका लागि मासिक १० हजार नेपाली युवा जाने गरेका थिए । अहिले मलेसियामा ३ लाखभन्दा धेरै नेपाली कामदार कार्यारत रहेको सरकारी अनुमान छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ११ : ३६ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय