‘अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’ « Khabarhub

‘अर्थतन्त्र सुधार्न उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्छ’


१२ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र सुधार्नका लागि उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्ने बताएको छ । परिसङ्घको टोलीले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर सरकारले उद्योगी व्यवसायीको मनोबल बढाउनुपर्नेमा जोड दिएको हो ।

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मागमा आएको उच्च सङ्कुचनका उद्योगी व्यवसायी नाजुक अवस्थामा रहेको बताए । उनले उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको भन्दै अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको उल्लेख गरे ।

परिसङ्घले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने, अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाइ गरिनुपर्नेलगायतको माग राखेको छ ।

यस्तै टोलीले श्रमिकको उत्पादकत्व बढाउन १० प्रतिशतसम्म हायर एण्ड फायरको व्यवस्था गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको थियो । भेटमा मन्त्री भण्डारीले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन परिसङ्घको सुझावका लागि धन्यवाद दिए । उनले पुँजीगत खर्च बढाउन सरकारले ध्यान दिने बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  १० : ४१ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक