आईपीएलमा गुजरातसँग मुम्बई फराकिलो अन्तरले पराजित « Khabarhub

आईपीएलमा गुजरातसँग मुम्बई फराकिलो अन्तरले पराजित


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा साविक विजेता गुजरात टाईटन्सले मुम्बई ईन्डियन्सलाई फराकिलो अन्तरले पराजित गरेको छ।

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा डिफेन्डिङ च्याम्पियन गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले पराजित गरेको हो।

गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो।

मुम्बईका लागि निहाल वाधिराले ४० र क्यामरुन ग्रीनले ३३ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।

गुजरातका लागि नूर अहमदले ३, मोहित शर्मा र राशिद खानले समान २\२ विकेट लिए भने कप्तान हार्दिक पान्ड्याको नाममा १ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो।

यससँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ।

पाँच पटकको च्याम्पियन मुम्बई सात खेलमा चार हार र तीन जितका साथ अंक तालिकाको सातौं स्थानमा छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : ४० बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी