पाकिस्तानद्वारा छिमेकी ईरानमाथि इजरायली आक्रमणको निन्दा « Khabarhub

पाकिस्तानद्वारा छिमेकी ईरानमाथि इजरायली आक्रमणको निन्दा


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण एसियाली मुलुक पाकिस्तानले पश्चिम एसियातर्फको छिमेकी मुलुक ईरानमाथि इजरायलले गरेको पछिल्लो हमलाप्रति निन्दा गरेको छ । पाकिस्तान र ईरानले करिब ९०४ किलोमिटर सीमा साझेदारी गर्छन् ।

इजरायलले शनिबार बिहानै ईरानका सैन्य शिविरहरूमा हवाई आक्रमण गरेको थियो । सो आक्रमणलगत्तै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिएका हुन् ।

सरिफले सोसल नेटवर्किङ साइट एक्समा लेखेका छन्, ‘ईरानविरुद्ध इजरायलले हालै गरेको आक्रमणबाट म अति चिन्तित छु, यस प्रकारको आक्रमण क्षेत्री शान्ति र स्थिरतामात्र होइन, सम्प्रभुता र अन्तराष्ट्रिय कानून समेतको उल्लङ्घन हो ।’

इजरायलको पछिल्लो कारबाहीलाई पाकिस्तानले कडा निन्दा पनि गरेको छ । साथै, शान्तिका निम्ति ईरान र अन्य छिमेकीका साथमा पाकिस्तान खडा भएको प्रधानमन्त्री शरीफले लेखेका छन् ।

इजरायली सेनाले गुप्तचर जानकारीका आधारमा ईरानका सैन्य शिविरहरूमा हमला गरिएको जनाएको छ । यसअघि इजरायलमाथि मिसाइल दागिएका इरानका संयन्त्रमाथि आक्रमण गरिएको इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले दाबी गरेको हो ।

ईरानले इजरायली आक्रमणको चाँडै प्रत्युत्तर दिने र त्यसले पश्चिम एसियामा थप तनाव निम्त्याउने आकलन गरिएको छ ।

पाकिस्तान र इजरायलबीच हालसम्म दौत्य सम्बन्ध स्थापना भएकाे छैन । सन् १९४७ मा प्यालेस्टाइन विभाजन गर्ने राष्ट्र सङ्घीय योजनाको विपक्षमा पाकिस्तानले मतदान गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : ५७ बजे

नेपालको विकास यात्रामा रुसको महत्त्वपूर्ण योगदान छ : वर्षमान पुन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री वर्षमान

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो