ग्राहकलाई व्यवसायीक बनाउन निर्धनको पन्छी तालिम « Khabarhub

ग्राहकलाई व्यवसायीक बनाउन निर्धनको पन्छी तालिम


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

भैरहवा– निर्धन उत्थान तथा लघुवित्त वित्तिय संस्थाले पन्छी पालन गर्दै आएका ग्राहक सदस्यलाई व्यवसायीक तालिम प्रदान गरेको छ । 

संस्थाको भैरहवा शाखाअन्तर्गत सञ्चालित केन्द्र र समूहबाट छनोट गरी पन्छी पालन गरिरहेको ३० जना ग्राहकको स्तर उकास्दै व्यवसायीक बनाउनका लागि तीन दिने व्यवसायिक पन्छी पालन तथा पुनर्ताजगी तालिम दिइएको हो । 

निर्धन नक्साल काठमाडौंको आयोजना र संस्थाको संयोजनमा भएको तालिममा घरेलु तथा सामान्य रुपमा पालन गर्दै आएका सदस्यलाई मध्यम उद्यमी बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको भैरहवा शाखा प्रमुख लेखनाथ काफ्लेले बताए । शाखा अन्तर्गत दुई हजार बढी सदस्य रहे पनि पन्छी पालन गरी व्यवसाय गर्दै आएका सदस्य मध्ये ३० जनालाई गुणस्तर वृद्धिका साथै व्यवसायीक निखार ल्याउन  तालिम प्रदान गरिएको काफ्लेको भनाइ छ ।

संस्थाले सोही अवसर पारेर नियमित रुपमा वार्षिक गर्दै आएको ग्राहक सदस्यका छोरा छोरी सम्मानअन्तर्गत यस शाखाबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल प्रीति विश्वकर्मा र आकाश चौधरीलाई समेत नगदसहित सम्मान गरेको छ । 

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ४ : ४४ बजे

रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर

मनाङ– पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ ।

रास्वपा केन्द्रीय कमिटी बैठक शनिबार बस्दै, विधान पारित गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने भएको

विदेशी नागरिकलाई दलालबाट जोगिन सकारको आग्रह, भन्यो : भिसा सेवा सरकारी निकायबाट मात्रै लिनू 

काठमाडौं– विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्ने विदेशी नागरिक  तथा आम सर्वसाधारणलाई

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले नेपालका नगरपालिकामा खानेपानी र सरसफाइ