डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध « Khabarhub

डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध


१४ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ अभियान सञ्चालन गर्न अनुरोध गरेको हो ।

‘डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि शुक्रबारदेखि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट अभियान सञ्चालन गरी सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्ना कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी गराई अनिर्वायरूपमा सरसफाइ अभियान सञ्चालन गर्न अनुरोध छ’, मन्त्रालयले भनेको छ ।

गत वर्षको डेङ्गु सङ्क्रमण अत्यधिक भएको भन्दै यस वर्ष समयमै सचेतना अपनाउन उक्त अभियान सञ्चालन गर्न सरकारीसँगै निजी, सर्वसाधारण तथा सरोकारवाला सबैलाई अनुरोध गरिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार  ६ : ०३ बजे

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक