चेन्नाईलाई राजस्थानले ३२ रनले हरायो « Khabarhub

चेन्नाईलाई राजस्थानले ३२ रनले हरायो


१५ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गए रातिको खेलमा राजस्थान रोयल्सले सानदार जित निकालेको छ।

राजस्थानको घरेलु सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको आईपीएलको ३७औं खेलमा चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ ।

पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो ।

यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । आठ खेलमा पाँच जित र तीन हारका साथ राजस्थान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ । आठ खेलमा पाँच जित र तीन हारका साथ चेन्नाई तेस्रो स्थानमा खस्किएको छ ।

यस सिजन दुई टोलीबीचको पहिलो भेटमा पनि राजस्थानले रोमान्चक जित निकालेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ०७ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो