मूलपानीले ओडिआई मान्यता पाएपछि केक काटेर खुसीयाली | Khabarhub Khabarhub

मूलपानीले ओडिआई मान्यता पाएपछि केक काटेर खुसीयाली


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसीयालीमा केक काटेर उत्सव मनाएको छ।

क्यानका पदाधिकारी तथा कर्मचारीहरूलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट गरेका हुन्।

क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले आज ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो।

यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो।  सन २०२० मा त्रिवि खेल मैदानले ओडिआई मान्यता पाएको तीन वर्ष पछि मूलपानी मैदानले पनि आजबाट सो मान्यता प्राप्त गरेको हो।

शनिबारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई वटा क्रिकेट मैदान भएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ०९ बजे

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न

सहमति र सहकार्य अहिलेको राष्ट्रिय आवश्यकताः गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले अहिलेको राष्ट्रिय आवश्यकता भनेकै सहमति