इरान–साउदी सम्बन्धबाट भारत पनि लाभान्वित हुने | Khabarhub Khabarhub

इरान–साउदी सम्बन्धबाट भारत पनि लाभान्वित हुने


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः सुरुवात भएपछि त्यसबाट भारतलाई पनि लाभ हुने एक जना कूटनीतिज्ञले बताएका छन् । तेहरान र रियादबीचको सम्झौताले खाडी क्षेत्रमा स्थायित्व र शान्ति कायम हुने र त्यसको लाभांश भारतलाई समेत प्राप्त हुने भारतका लागि इरानी राजदूत इराज इलाहीले बताएका हुन् ।

एक पत्रकार सम्मेलनमा चीनको मध्यस्थतामा इरान र साउदी अरबबीच पुनः प्रारम्भ भएको कूटनीतिक सम्बन्ध भारतका लागि खास चासोको विषय नभएको बताउँदै राजदूत इहालीले फारसको खाडी क्षेत्रमा शान्ति र स्थायित्व सुदृढ हुँदा आप्रवासी भारतीय कामदारले ढुक्क भएर श्रम गर्न पाउने तथा सरकारीस्तरमा पनि पारस्परिक साझेदारी एवम् सहकार्य गर्न सहज हुने धारणा राखे । सुन्नीबहुल साउदी अरब र शियाबहुल इरानबीच पुनस्थितापित कूटनीतिक सम्बन्धले धार्मिक सद्भाव विस्तार गर्न बल पुग्ने उनको भनाइ छ ।

शान्ति एवम् अमनचैन हुँदा विकास निर्माण र नवप्रवर्तनका काममा ध्यान दिन सहज हुने तर्क गर्दै इलाहीले पश्चिम एसिया भारतको प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीचको सुधारिएको सम्बन्धबाट भारत पनि लाभान्वित हुने बताए ।

इरान–साउदी सम्बन्धबाट क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सुरक्षा सुनिश्चित हुनका साथै त्यसले खाडी क्षेत्रमा मात्र नभई अन्य स्थानमा पनि सकारात्मक प्रभाव पार्ने भएकाले उदीयमान अर्थतन्त्र भारतलाई आफ्ना उत्पादनको बजार विस्तार पनि एउटा अवसर हुने उनको भनाइ छ ।

यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पश्चिम एसियाका विभिन्न देशसँग भारतको सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उक्त क्षेत्रमा भारतको स्थायी चासो रहेको बताएका छन् । भारतले सधैँ मतभेदहरू समाधान गर्न वार्ता र कूटनीतिलाई जोड दिएको उनले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ५ : ४१ बजे

आयआर्जनको अवसरसहित वस्ती विकास गराैँ : उपप्रधानमन्त्री सिंह 

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अब वस्ती

एकसाथ कांग्रेस र माओवादीमाथि खनिए एमाले सांसद थापा

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले

राजावादीलाई सूर्य थापाले भने- लुटपाट गरेर, वियर चोरेर राजतन्त्र फर्किँदैन

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्रीले गत

सेवा केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

दमौली– तनहुँका स्थानीय तहले वडाबाट प्रदान गर्ने सेवासुविधा जनताको नजिक

अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे सभापति देउवासँग परामर्श

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर