आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी « Khabarhub

आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । उपचार सकेर नेपाल फर्किएपछि डा। भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने बताए ।

उनले एक प्रेस नोट जारी गर्दै कुनै पनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका छन् । त्यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि लागिपर्ने उनले बताए ।

आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी समेत व्यक्त गरे ।

उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : २३ बजे

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०