नेपाली डकुमेन्ट्री को-हजवेन्डलाई १ करोड ३० लाख राशिको पुरस्कार | Khabarhub Khabarhub

नेपाली डकुमेन्ट्री को-हजवेन्डलाई १ करोड ३० लाख राशिको पुरस्कार


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री को–हजबेण्डले एक करोड ३० लाख राशिको पुरस्कार जितेको छ ।

जापानको क्युशु शहरमा भएको पाँचौँ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा सो पुरस्कार जीत हासिल भएको हो ।

‘आजको दिनलाई मैले मेरो करिअरकै सबैभन्दा ठुलो उपलब्धिमूलक दिनका रुपमा लिएको छु । मेरो डकुमेन्ट्री फिल्म को–हजबेण्डले आज जापान र क्यानडामा एकैसाथ अवार्ड जितेको छ,’ पाण्डेले फेसबुकमा लेखेका छन्, ‘जापानको क्युशु शहरमा भएको पाँचौँ मेहोदो इन्टरन्याश्नल युथ भुजुअल भिडियो फेस्टिबलमा एक हजार डलर नगदको ब्रोन्ज अवार्डसहित मैले एक लाख डलर (एक करोड ३० लाख नेपाली रुपैयाँ) बराबरको फिल्म फण्डिड पनि जितेको छु।’ उनका अनुसार सो पुरस्कार अब बनाउने डकुमेन्ट्री फिल्मका लागि प्राप्त भएको हो ।

‘नेपाली डकुमेन्ट्री फिल्मले एक लाख डलरको फण्डिङ प्राप्त गर्नु नेपाल र नेपालीका लागि पनि निकै सुखद खबर हो’ उनले अगाडि लेखेका छन्, ‘आज को–हजबेण्ड निर्माणका क्रममा पटक पटक गरी हुम्ला जिल्लामा बिताएको दुई महिने कठिन दिनलाई सम्झेको छु । को–हजबेण्ड निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुहुने सबैमा हार्दिक धन्यवाद ।’

यसैगरी, क्यानडाको गेटवे फिल्म महोत्सवमा पनि आज नै को–हजबेण्डले प्रथम पुरस्कार अर्थात् वेस्ट डकुमेन्ट्री फिल्म जितेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : १० बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु