‘संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो’ « Khabarhub

‘संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो’


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन् । 

१३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकार को अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह समेत गरे । 

थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै सीमित दलका सीमित नेताहरू आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको विरोध गर्ने , सुशासनको नारा दिने नयाँ दलहरूले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु विडम्बना भएको उनको तर्क थियो । 

माओवादी शान्ती प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्विकार्य नहुने भन्दै थापाले अयोग्य लडाकुको नाममा करोडौँ बाढ्ने विषय आपत्तिजनक भएको स्पष्ट पारे । व्यक्ति परिवर्तनले मात्र मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनीतिक मार्गचित्र परिवर्तन हुनुपर्नेमा थापाको जोड थियो ।

नेपालमा धर्म परिवर्तनको डढेलोले आफूलाई पहिचानवादी नभन्नेहरूको नै पहिचान समाप्त हुन लागेको भन्दै थापाले हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरुको संख्या अघिल्लो जनगणनामा भन्दा ज्यादै न्यून भएकै कारण सरकारले धर्मको आधारमा जनगणनाको रिपोर्ट सार्वजनिक नगरी लुकाएको आरोप लगाए । सङ्गठित रुपमा विभिन्न प्रलोभन देखाएर विशेषतः आदिवासी जनजाति एवं दलित वर्गलाई असंख्य परिमाणमा धर्म परिवर्तन गराइएको ले यो समुहको पहिचान नै संकटमा पर्नसक्ने सम्भावना टड्कारो देखिएकोले आफ्नो धार्मिक पहिचान जोगाउन सबैले समयमै सचेत हुनुपर्नेमा थापाले जोड दिएका थिए ।

नेपालमा श्रम गरेर गुजारा गर्ने मजदुरहरूको अवस्था अत्यन्तै कष्टप्रद रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमा श्रमिकहरूको उल्लेख्य योगदान रहेपनि औद्योगिकरण र आर्थिक रूपान्तरण नभएका कारण श्रमिकहरू लाभान्वित हुन नसकेको बताए ।

 योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिएपनि व्यवहारमा लागू हुन नसकेकोले श्रमिकको हकहितको लागि लड्ने ट्रेड युनियनहरुलाई यसतर्फ चनाखो हुन थापाले आग्रह गरे । ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लाई शुभकामना दिंदै अध्यक्ष थापाले सम्पूर्ण श्रमिकहरुलाई संगठित गर्दै मजदुरको प्रतिनिधीमूलक संगठन बन्नेतर्फ अग्रसर भएकोमा टुकोनलाई धन्यवाद दिएका थिए ।

टुकोनमा अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले संगठित वा असंगठित क्षेत्रका श्रमिकहरूको वास्तविक पहिचान गरि उनीहरुका हक र हितको बारेमा आवाज बुलन्द पार्न टुकोनको प्रयास सार्थक रहेको बताउँदै संगठनलाई तल्लो तहसम्म विस्तार गरेर ‘टुकोन’ अग्रणी ट्रेड युनियन महासंघ बन्नेमा आफू आशावादी रहेको बताए ।

सो कार्यक्रममा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र लाखा, सह-महामन्त्री जीपी दाहाल, सचिब सन्ध्या वासुकला, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए भने कार्यक्रम सञ्चालन टुकोनका उपाध्यक्ष प्रवलनरसिंह राणले गरेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ७ : ५१ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड