मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित « Khabarhub

मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोहम्मद शाहबुद्दीन बंगलादेशको २२ औं राष्ट्रपति निर्वाचित भएका छन् । उनले प्रधानमन्त्री शेख हसिना, राजनीतिज्ञ, न्यायाधीश र अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा आयोजित एक समारोहबीच सोमबार राष्ट्रपतिको सपथ लिएका हुन् ।

समारोहमा सभामुख शिरीन शर्मिन चौधरीले शाहबुद्दीनलाई सपथ गराएकी हुन् । उनी गत फेब्रुअरीमा सत्तारुढ दलका तर्फबाट निर्विरोध निर्वाचित भएका थिए ।

उत्तरपश्चिमी बंगलादेशको पबना जिल्लामा १९४९ मा जन्मेका मोहम्मद शाहबुद्दीनले आफ्नो सुरुवाती जीवनकालमा जिल्ला न्यायाधीशको जिम्मेवारी सम्हालेका थिए । पछि उनी भ्रष्टाचार निवारण आयोगको आयुक्तको रूपमा नियुक्त भएका थिए ।

त्यसपछि राजनीतिमा लागेका उनले अवामी लिग पार्टीको सल्लाहकार परिषद्को सदस्यको रुपमा काम गरेका थिए । यद्यपि राष्ट्रपतिको पद सम्हाल्नका लागि उनले आफ्नो पार्टीको पदबाट राजीनामा दिनुपरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : २७ बजे

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट