आईपीएलमा बेंग्लोरसँग लखनऊ पराजित « Khabarhub

आईपीएलमा बेंग्लोरसँग लखनऊ पराजित


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ।

घरेलु मैदान ऐकना स्टेडियममा गए राति बेंग्लोरले दिएको १२७ रनको लक्ष्य पछ्याएको लखनऊले १९.५ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनायो। ​उसका लागि कृष्णपा गौथमले २३, अमित मिश्राले १९ तथा मार्कस स्टोईनेस र नभिन उल हकले समान १३/१३ रन जोडे।

बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले २–२ तथा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनायो।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४, विराट कोहलीले ३१ रन र दिनेश कार्तिकले १६ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

दुबै टोलीले ९ खेलमा पाँच जित र चार हार व्यहोरेका छन् तर बेंग्लोर लिगको पाँचौँ स्थानमा छ भने लखनऊ तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ०५ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा