आईपीएलमा बेंग्लोरसँग लखनऊ पराजित | Khabarhub Khabarhub

आईपीएलमा बेंग्लोरसँग लखनऊ पराजित


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ।

घरेलु मैदान ऐकना स्टेडियममा गए राति बेंग्लोरले दिएको १२७ रनको लक्ष्य पछ्याएको लखनऊले १९.५ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनायो। ​उसका लागि कृष्णपा गौथमले २३, अमित मिश्राले १९ तथा मार्कस स्टोईनेस र नभिन उल हकले समान १३/१३ रन जोडे।

बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले २–२ तथा मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले १–१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन बनायो।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४, विराट कोहलीले ३१ रन र दिनेश कार्तिकले १६ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

दुबै टोलीले ९ खेलमा पाँच जित र चार हार व्यहोरेका छन् तर बेंग्लोर लिगको पाँचौँ स्थानमा छ भने लखनऊ तेस्रो स्थानमा छ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ०५ बजे

जनार्दन, विप्लव र घनश्यामबीच भेटवार्ता, के कुरा भयो?

काठमाडौँ- नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लब, नेकपा एस (पुनर्गठन अभियान)

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीले दिइन् राजीनामा

किएभ – भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्री स्विटलाना ग्रिनचुकले

पेरुमा बस दुर्घटना हुँदा ३७ जनाको मृत्यु

लिमा – पेरुमा बुधबार एक बस ट्रकसँग ठोक्किँदा भएको सडक

मानव उद्धार केन्द्रमा मृत भेटिए धरानका राई

झापा– झापाको गौरादह नगरपालिका–५ महारानिझोडास्थित मानव उद्धार सेवा केन्द्रमा एक

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न