नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई « Khabarhub

नेपाली क्रिकेट टोलीलाई सभामुखको बधाई


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले नेपाल एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा जित्दै एसिया कपमा छनोट भएकामा बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।

सभामुख घिमिरेले आज शुभकामना दिँदै खेलको अभूतपूर्व जितले नेपाल र नेपालीको शिर उँचो बनाएकोप्रति खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको व्यवसायिकरणमा थप सहयोग गर्नु विश्वास व्यक्त गरेका छन् ।

‘नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु’, सभामुख घिमिरेले जारी गर्नुभएको शुभकामनामा भनिएको छ, ‘अभूतपूर्व जीतले नेपाल र नेपालीको शिर उँचो बनाएको छ भने नेपाली क्रिकेटको व्यवसायिकीकरणमा थप सहयोग हुने विश्वास लिएको छु, खेलाडीलाई राज्यका तर्फबाट थप सम्मान र सहयोग आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराउँछु ।’

उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसीसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १ : ३६ बजे

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको