आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो : आरजु देउवा « Khabarhub

आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो : आरजु देउवा


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पछिल्ला केही दिनयता आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवापत्नीसमेत रहेकी देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने काम भइरहेको बताएकी हुन् ।

‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने दूषित मनसाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेकी छन्, ‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ । तर कसैलाई पनि कोहीविरुद्ध आधारहीन गाली गलौज र लाञ्छना लगाउने अधिकार छैन ।’

प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले उनले नियोजित रुपमा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यसहित केही व्यक्तिहरूले सञ्चारमाध्यममा बोलेको पनि दाबी गरेकी छन् । 

‘नियोजित रुपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रिनु खेदजनक छ’, उनले अगाडि भनेकी छन्, ‘तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ। तर नियोजित रुपमा मविरुद्ध व्यक्तिगत मानर्मदान गर्ने र हुँदै नभएका आधारहीन विवादहरूमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

उनले हरेकजसो अन्तर्वार्तामा आफूलाई गालीगलौज गरिएको पनि गुनासो गरेकी छन् । ‘हरेकजसो अन्तरवार्तामा केही व्यक्तिहरू नियोजित रूपमै मेरोविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्य बमोजिम आएका आरोपलाई स्थान नदिन पनि सबै आमसञ्चारमाध्यमलाई आग्रह गर्दछु ।’

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ५ : ५१ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड