चैते धान खेतीमा किसानको आकर्षण बढ्दो « Khabarhub

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताए।

“अरु बेलाको धानको उत्पादन औसत चार मेट्रिक टन प्रतिहेक्टर छ, चैते धानको उत्पादन साढे चार मेट्रिक टनभन्दा बढी छ”, उनले भने, “त्यसैले चैते धान खेतीको क्षेत्र बढ्दै गएको छ ।” भीमदत्त नगरपालिकासहित जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास, बेलडाँडीलगायत क्षेत्रमा चैते धान खेती बढी हुने गरेको उनले बताए ।

“चैते धान खेती विशेष गरेर चिउरा, भुजाको लागि गरिन्छ, त्यसका लागि स्थानीयस्तरमै उत्पादित धानले सहजै बजार पाउने गरेको छ”, सूचना अधिकारी जोशीले भने, “चैते धान खेती गर्नसके राम्रै फाइदा हुन्छ ।”

कृषकले चैते धान खेतीका लागि बीउ लैजाने क्रम बढेको प्रधानमन्त्री कृषि आयोजना कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालले बताए । उनका अनुसार यस वर्ष कार्यालयबाट करिब २४ हेक्टर क्षेत्रफल जमिनलाई पुग्ने धानको बीउ वितरण भएको छ । “गत वर्ष १८ हेक्टर क्षेत्रफलका लागि बीउ गएको थियो”, उनले भने, “यसपटक विगतभन्दा अर्को ठाउँका किसानले पनि खेतीका लागि बीउ लगेका छन् ।” उनका अनुसार कञ्चनपुरमा चैते–५ र हर्दिनाथ जातको धानको खेती बढी हुने गरेको छ । “बोरिङको सुविधा अनिवार्य गरेका छौँ”, रिमालले भने, “विगतको तुलनामा किसानको आकर्षण बढेर चैते धान खेतीको क्षेत्र बढेको छ ।”

कञ्चनपुरको बेलाडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा सबैभन्दा बढी चैते धानको खेती हुने गरेको छ । किसानले चैते धान खेतीपछि बर्खे धान खेती गरेर दोहोरो फाइदा लिइरहेका छन् । अनुदानमा मल, बीउबिजन, कृषि औजार र उपकरण पाउन थालेपछि किसान बर्खे खेतीसँगै चैते खेतीप्रति पनि आकर्षित हुन थालेका हुन ।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ०६ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र