'कर्णालीमा माओवादीले एकलौटी गरेको छ, त्यो हामी स्वीकार्दैनौँ' | Khabarhub Khabarhub

‘कर्णालीमा माओवादीले एकलौटी गरेको छ, त्यो हामी स्वीकार्दैनौँ’


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असनतुष्टी जनाएका छन्।

बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताएका छन् ।

उनले भने ‘कर्णालीको सरकार निर्माण गर्दा पूरै हामीलाई पूरै उपेक्षा गरिएको छ, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले एकलौटी गरेको छ, त्यो हामीलाई स्वीकार्य छैन् ।’

उनले आफ्नो पार्टी नेपालको राजनीतिको महत्वपूर्ण पक्ष भएको बताउँदै दम्भ र घमण्ड नदेखाउन माओवादी केन्द्रलाई चेतावनी समेत दिए।

माओवादी केन्द्रसँग पार्टी एकताका बारेमा सोधिएको प्रश्नमा नेपालले कर्णालीकै जस्तो अवस्था रहे पार्टी एकता त के समाजवादी मोर्चा निर्माण पनि सम्भव नरहेको बताए।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ४० बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं