रियललाई पराजित गर्दै एट्लेटिको दोस्रो स्थानमा उक्लियो « Khabarhub

रियललाई पराजित गर्दै एट्लेटिको दोस्रो स्थानमा उक्लियो


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


831
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगाको दोस्रो स्थानमा एट्लेटिको मड्रिडले जीत हासिल गरेको छ।

सिभिटास मेट्रोपोलिटानोमा भएको खेलमा रियल म्याड्रिडलाई पराजित गर्दै एट्लेटिकोले दोस्रो स्थानमासमेत उक्लन सफल भएको हो।

एटलेटिकोले घरेलु मैदानमा म्याड्रिडलाई ५–१ को बिशाल अन्तरले पराजय गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो।

बुधबार राति भएको खेलको दोस्रो मिनेटमा नै ग्रिजम्यानले गोलवाट एटलेटिकोले सुरुवाती अग्रता लिएको थियो, उनैले ग्रिजम्यानले २७औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोलवाट एट्लेटिकोले पहिलो हाफमा नै आफनो अग्रता दोब्बर पार्न सफल भयो।

दोस्रो हाफको सुरुवाती अर्थात ४९औं मिनेटमा अल्भारो मोराटाले थप गोल गरेपछि एट्लेटिको अन्तर बढाउँदै खेलको स्थीति ३–० मा पुरयाउन सफल भयो। र, ५७औं मिनेटमा यान्निक कारास्कोले पेनाल्टीमार्फत गोल गरेपछि म्याड्रिड भने गोलरहित अवस्थमा रहदैँ ४–० ले पछि पर्न गयो।

तर, ७२औं मिनेटमा म्याड्रिडका एन्थोनी लोजानोले गोल गर्दै खेललाई ४–१ को स्थितिमा फर्काउन सफल भए। तर, त्यसको एक मिनेटपछि नै मोलिनाले गोल गर्दै एट्लेटिकोलाई ५–१ को स्थीतिमा अगाडी बढाए। त्यसपछि दुवैतर्फवाट गोल हुन सकेन र खेल ५–१ को बिशाल अन्तरले एटलेटिकोले जीत हासिल गर्न सफल भयो।

यस जितसँगै एट्लेटिकोले ३३ खेलबाट ६९ अंक बटुल्न सफल भएको छ भने समान खेलबाटै रियलको ६८ अंक छ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ७ : ३४ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल