फुजैराहमा कार्यरत नेपालीसँग अन्तरक्रिया कार्यक्रम  « Khabarhub

फुजैराहमा कार्यरत नेपालीसँग अन्तरक्रिया कार्यक्रम 



दोहा  – यूएईको फुजैराहमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली दूतावास, अबुधाबीले युएईको फुजैराह इमिरेट्समा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा वैदेशिक रोजगारीका क्षेत्रमा नेपाल सरकारले हालै सञ्चालनमा ल्याएको श्रम स्वीकृति, टेली मेडिसिन तथा सामाजिक सुरक्षाका कार्यक्रम लगायतका विषयमा त्यहाँ कार्यरत नेपालीहरूलाई जानकारी दिनुका अतिरिक्त नेपाली कामदारहरूले दैनन्दिन रूपमा भोग्नुपरेका समस्या, गुनासा, दूतावासको सेवा प्रवाहका सन्दर्भमा भएका जिज्ञासा एवम् सुधारका उपायहरू प्रत्यक्ष रूपमा सुन्ने र तत्काल समाधान गर्न सकिने विषयहरूलाई सम्बोधन गरिएको थियो।

कार्यक्रममा कार्यवाहक राजदूत विशाल भट्टराईले यस किसिमका कार्यक्रमहरूबाट नेपाली कामदारहरूको समस्या तथा गुनासाहरू प्रत्यक्ष रूपमा अवगत भई समाधान गर्नमा सघाउ पुग्ने बताए । उनले नेपाली दूतावासले यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्ने र भविष्यमा घुम्ती सेवा समेत सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

दूतावासका श्रम काउन्सेलर दीनबन्धु सुवेदीले नेपाल सरकारले वैदेशिक रोजगारीका क्षेत्रमा हाल लागू गरेका सुधारका विषयहरू समेटी प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा फुजैराहमा कार्यरत करिब एक सय जना नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ९ : ५८ बजे

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज