हत्या अभियोगमा साउदीको जेल पुगेका पाँच नेपाली निर्दोष « Khabarhub

हत्या अभियोगमा साउदीको जेल पुगेका पाँच नेपाली निर्दोष



दोहा – साउदीमा हत्या अभियोग लागेका पाँच नेपाली निर्दोष साबित भएर जेलमुक्त हुँदै नेपाल फर्किएका छन् । रोजगारीमा साउदी पुगेका पाँच जना नेपालीहरू मिलेर एक जना भारतीय नागरिकको हत्या गरेकाे अभियोगमा जेल परेका थिए ।

३ वर्ष ९ महिना जेलजीबन बिताएपछि साउदी अदालतले उनीहरुलाई निर्दोष साबित गरी रिहा गरेकाे हाे । जेलबाट रिहा भए पनि नेपाल फर्किन सहज भएन, रिहा भएको ८ महिना पछि मात्र रियादस्थित नेपाली दूतावासले सहजीकरण गरी सबै जना स्वदेश फर्किन सफल भएको सामाजिक अभियन्ता सरोज रायले जानकारी दिएका छन् ।

जेल मुक्त भएर नेपाल फर्किनेमा भक्तपुर चाँगुनारायण नगरपालीका वडा नं. ३ का  कृष्ण बहादुर गाँसी, महोत्तरी लोहारपट्टी नगरपालिका वडा नं.५ का ईन्द्रजीत मण्डल, इलामको इलाम नगरपालिका वडा नं. ३ का धनबहादुर तामाङ्ग, धनुषा कमला नगरपालिका वडा नं. ५ का राम प्रसाद ठाकुर र सिरहाको सिरहा नगरपालिका वडा नं. १२ का वासुदेव ठाकुर रहेका छन् । जेलबाट रिहा भएपछि दमामस्थित नेपाली दूतावासको सेन्टरमा सबै जना बसे ।

उक्त बसाइको क्रममा दूतावासका कर्मचारी मार्फत उनीहरूले जानकारी पाए कि साउदीको जेलमा परेको व्यक्ति निर्दोष साबित भएमा साउदीको सरकारले त्यस्तो निर्दोष व्यक्तिलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । त्यहीँ आश्वासनमा परी सबै जना ८ महिना  सेन्टरमा बसेर एक्जिट भिसा लागेपछि क्षतिपूर्ति बिना नै स्वदेश फर्किएको अभियन्ता रायले बताए ।

उनीहरु मध्ये वासुदेव ठाकुरको सो कम्पनीमा काम गरेको तलब दुई हजार साउदी रियाल साउदीको बैङ्कमा रहेको, राम प्रसाद ठाकुरको तलब १,५०० साउदी रियाल साउदीको बैङ्कमा रहेका र सो कम्पनीबाट पाउनु पर्ने अन्य सेवा सुविधा र २ महिनाको काम गरेको तलब समेत बाँकी रहेको पीडित बताएका छन् । उनीहरु नेपाल फर्की सकेको अवस्थामा कार्यरत कम्पनीबाट पाउनु पर्ने तलब सुविधा लगायत सो गन्तव्य मुलुकबाट निर्दोष भएर पनि जेल परेको क्षतिपूर्ति पाउन आशमा अहिले पनि बसेका छन् ।

पक्राउ परेका बेला देखि म उनीहरूको उद्धारको लागि निरन्तर पहल गर्दै आएको छु, अभियन्ता रायले भने, वैदेशिक रोजगार बोर्डमा उनीहरूको लागि पहिलो पटक निवेदन दिएको थिए, सम्बन्धित निकाय र दूतावासको ध्यानाकर्षण गराएको थिए ।’ अहिले पनि उनीहरुलाई सरोकारवाला निकायमा लगेर क्षतिपूर्तिको लागि पहल गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १ : ०६ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६