सुडानमा युद्धरत पक्षले लडाइँ नरोके खतरा छ : संयुक्त राष्ट्रसंघ   « Khabarhub

सुडानमा युद्धरत पक्षले लडाइँ नरोके खतरा छ : संयुक्त राष्ट्रसंघ  


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नैरोबी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन्।

केन्याको राजधानी नैरोबीमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन सम्बन्धित सबै पक्षलाई विशेष आह्वान गरेका हुन्।

अप्रिलको मध्यमा सुडानमा शुरु भएको द्वन्द्व गम्भीर चिन्ताको विषय रहेको बताउँदै उनले लडाकूहरूबीच हतियार बिसाउनु जरुरी रहेको बताएका छन्।

‘ठूलो जनधनको क्षति हुनु अघि यो लडाइँ रोक्नु आवश्यक छ र यो द्वन्द्व एक सर्वव्यापी युद्धमा विस्फोट हुनसक्छ,’ गुटरेसले भने, ‘सबै पक्षहरूले सुडानी जनताको हितलाई प्राथमिकतामा राख्नुपर्छ। जसको अर्थ शान्ति, समृद्धि र स्वदेश फर्किने हो।’

महासचिव गुटेरेसले पूर्वी अफ्रिकी राष्ट्रको आफ्नो आधिकारिक भ्रमणका क्रममा केन्याका अधिकारीहरूसँग सुडानको अवस्थाबारे छलफल गर्ने अपेक्षा गरिएको छ  । साथै यस वर्षको संयुक्त राष्ट्रसंघ प्रणाली प्रमुख कार्यकारी बोर्ड समन्वयको पहिलो सत्रको अध्यक्षता गर्ने पनि अपेक्षा गरिएको छ।

सो बोर्ड जुन प्रत्येक वर्ष दुई पटक बैठक बस्ने गर्छ । त्यसले संयुक्त राष्ट्रसंघ एजेन्सीहरू, कोष र कार्यक्रमहरूका नेताहरूलाई एकसाथ  भेला पारेर संयुक्त राष्ट्रसंघ प्रणालीको उच्च समन्वय मञ्चको रूपमा प्रस्तुत हुन्छ ।

खाना, सफा पिउने पानी र अत्यावश्यक औषधिको पहुँचको अभावमा सुडानको सङ्कटले नागरिकहरूलाई मारमा पारेको स्वीकार भन्दै महासचिवले सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फताह अल-बुर्हान लगायत सबैलाई शान्तिका लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १ : ०१ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको