प्रक्रिया नपुर्‍याई चीनबाट हतियार खरिद गर्ने नेपाली सेनाको तयारीप्रति ध्यानाकर्षण « Khabarhub

प्रक्रिया नपुर्‍याई चीनबाट हतियार खरिद गर्ने नेपाली सेनाको तयारीप्रति ध्यानाकर्षण


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया बिना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेको प्रति राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो निष्पक्ष अभ्यास र पारदर्शिताप्रति बेवास्ता गरिएको प्रष्ट संकेत भएको जनाएको हो ।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बफादारिता र इमान्दारिताको मूल्य मान्यता राख्ने संस्था मानिने नेपाली सेनाले यस्तो अनैतिक व्यवहार देखाउनु दुःखद भएको बताए। एक राष्ट्रको रूपमा, हामी हाम्रो सुरक्षामा सम्झौता गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाले इमान्दारिता र पारदर्शिताको उच्चतम् मापदण्डलाई कायम राख्दै हाम्रो लोकतन्त्रको मूल्य र सिद्धान्त अनुरूप काम गर्न अभियानले जोड दिएको छ ।

यस्ता आरोपको छानबिन गरी भविष्यमा यस्ता घटना नदोहोरियोस् भनी चाँडो कारबाही गर्न नेपाल सरकारलाई अभियानले आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  १ : २१ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ