ए डिभिजन लिग : मछिन्द्रद्वारा संकटा पराजित « Khabarhub

ए डिभिजन लिग : मछिन्द्रद्वारा संकटा पराजित


२१ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५७ औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले संकटा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको चौंथो मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै ६९ औँ मिनेटमा आफिज ओलावालेले गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो । खेलको ७८ औँ मिनेटमा जुनियर एनकेनगुएले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए तर ८९ औँ मिनेटमा विमल घर्ती मगरले गोल गर्दै मछिन्द्रलाई ३–१ को जित दिलाए । जितसंगै मछिन्द्रले १४ खेलमा २१ अंक जोडेको छ । संकटाको १४ खेलमा १६ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा एपीएफ र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् । खेलको ५७ औँ मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा एडमा डोम्बियाले गोल गर्दै एपीएफलाई बराबरीमा ल्याए । यस बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ । एनआरटीले १४ खेलमा १७ अंक जोडेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहीबार  ५ : ५७ बजे

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर