‘ह्यासट्याग माया’ को छायांकन आगामी सातादेखि हुने « Khabarhub

‘ह्यासट्याग माया’ को छायांकन आगामी सातादेखि हुने


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ललितपुरको बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ ।

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो ।

निर्माण समूहले शुक्रबार बिहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौँबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए ।

‘पैँतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौँ । थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने । विदेशबाट फिल्म सम्बन्धी अध्ययन गरेर फर्किनु भएका गुरुङले यो कथामा काम गरेको  भइसकेको छ । ‘यहीँ कथालाई लिएर दर्शकसम्म पुगौँ भन्ने लाग्यो’, निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा छिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन् ।

‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । चलचित्रलाई लिएर उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दै छौँ,’ अभिनेत्री श्रेष्ठले भनिन् ।

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्जवल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन  म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ०९ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सङ्घीय नेतृत्व मञ्चमा १७

शपथमा प्रतिस्पर्धी पोखरेललाई नबोलाएका ओली भन्छन् : अब एमालेमा गुट-उपगुट र प्यानल सकियो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनसंगै पार्टी थप

नख्खुबाट छुटेका रविबारे रास्वपाको निष्कर्ष : निरंकुश सरकारको प्रतिशोध वर्तमान नागरिक सरकारले सच्याओस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उच्च अदालत तुलसीपुरको

अमेरिकाको एपस्टीन ‘सेक्स स्क्यान्डल’मा सबैभन्दा ठूलो खुलासा हुने सम्भावना

वासिङ्टन डीसी- अमेरिकाको कुख्यात जेफ्री एपस्टीन सेक्स स्क्यान्डलसँग सम्बन्धित मुद्दामा

मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानसिक स्वास्थ्यबारे बहस