पाकिस्तानी विदेशमन्त्री आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता : एस जयशंकर « Khabarhub

पाकिस्तानी विदेशमन्त्री आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता : एस जयशंकर


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ को संज्ञा दिएका छन् ।

सांघाई सहयोग संगठनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन भारतको गोवा पुगेका पाकिस्तानी विदेशमन्त्रीलाई जयशंकरले यस्तो संज्ञा दिएका हुन् ।

एस जयशंकरले भने, ‘भुट्टो जर्दारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले योभन्दा बढी केही देख्दैनौं ।’

आतंकवादविरुद्ध सामूहिक सामना गर्नेबारे पाकिस्तानी विदेशमन्त्रीको आह्वानमा उनले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेका छन्, उनीहरु पीडकहरूसँग बस्दैनन् ।’ उनले जम्मु कश्मीर भारतको हिस्सा रहेको समेत बताए ।

सन् २०१४ पछि भारतमा पाकिस्तानबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १० : ५४ बजे

प्राविधिकतर्फका ५ डीएसपीको सरुवा

काठमाडौं – नेपाल प्रहरीका प्राविधिक समूहअन्तर्गत कार्यरत पाँच जना प्रहरी

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १०

म्यानपावर व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने

काठमाडौँ । विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसार तलब, सेवासुविधा

इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन – तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको