एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि… « Khabarhub

एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डसेपछि…


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

दिल्ली- एअर इण्डियाको विमानमा सवार एक यात्रुलाई बिच्छीले डसेको छ । नागपुरबाट मुम्बईका लागि उडान भरेको एअर इण्डियाको विमानमा सवार एक जना महिला यात्रुलाई बिच्छीले डसेको हो ।

गत अप्रिल २३ मा घटना भएको एअर इण्डियाले पुष्टि गरेको छ । बिच्छीले डसेका यात्रुलाई उपचार गरिएको र हाल उनी खतरामुक्त रहेको कम्पनीले जानकारी दिएको छ ।

बेलाबेला उडिरहेको विमानभित्र मुसा, चराजस्ता जन्तु फेला पर्ने गरेको समाचार सार्वजनिक हुँदै आएको भएपनि बिच्छीले कुनै यात्रुलाई डसेको घटनालाई निकै दुर्लभ मानिन्छ ।

‘अप्रिल २३ मा एआई ६३० फ्लाइटमा बिच्छीले एक जना यात्रुलाई डसेको निकै दुर्लभ र दुःखद घटना भएको छ ।’ एअर इण्डिाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

घटनापछि इन्जिनियरको टोलीले उक्त विमानको चेकजाँच गरेको जनाइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १२ : ४२ बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी