भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिन्छ : प्रधानमन्त्री  « Khabarhub

भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै दबाबको पनि सामना गरिन्छ : प्रधानमन्त्री 


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दीदबाबको सामना गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको छैटौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्ने कामको अहिले सुरुवात मात्रै भएको भन्दै ठूला-ठूला भ्रष्टाचारको फाइल खोल्दा जस्तोसुकै ठूलो घेराबन्दीदबाबको सामना गर्ने बताएका हुन् । उनले भ्रष्टाचारीको फाइल खोल्ने कामबाट आफू कुनै पनि हालतमा पछि नहट्ने स्पष्ट पारे । 

प्रधानमन्त्री प्रचण्डले यसअघि सरकारमा बसेकाहरूभुटानी शरणार्थीहरूका रुपमा नेपालीहरूलाई बेच्नेले नै आफू र माओवादीप्रति निरन्तर प्रहार गरेको जिकिर गरे । उनले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकतामा रहेको रहेको भन्दै सुशासन कायम गर्ने चुनौति निकै ठूलो रहेको धारणा राखे  । लामो समय देखिएको गलत कार्यशैली र संस्थागत भ्रष्टाचार कारण मुलुकमा आर्थिक समस्या आएको भन्दै यसको समाधानका लागि सुशासन कायम गर्नै पर्ने उनले बताए  । 

प्रचण्डले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धता र परिवर्तन उल्टाउने कसरत अहिले पनि भइरहेको उल्लेख गरे । त्यस्तै प्रधानमन्त्री प्रचण्डले भूमि अधिकार दलितहरूको अधिकारसँग जोडिएको विषय भएकाले समय तोकेर नै केही समयभित्रै समाधान गर्ने प्रयास गर्ने पनि बताए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले माओवादी क्रान्ति परै जितेर नभई सम्झौता र सहमति गरेर सरकारमा आएकाले विशेषाधिकारको लडाइ जारी रहेको र संविधान संशोधन गरेर दलित लगायत पछि परेकाहरूको अधिकार स्थापित गर्न आफू लागि परेको बताए । 

प्रचण्डले अहिले माओवादीलाई ३२ सिटे भनेर व्यङ्ग्य गर्ने गरेको भन्दै अर्को निर्वाचनमा बहुमत ल्याएर नेपाललाई कब्जा गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ३ : ४३ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ