पत्रकारिता दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना | Khabarhub Khabarhub

पत्रकारिता दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका  पत्रकारमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज बिहान जारी विज्ञप्तिमा सरकारले विसं २०७३ मा नेपालमा समाचारमूलक पत्रिका ‘गोरखापत्र’को प्रकाशन आरम्भ भएको दिन वैशाख २४ गतेलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’का रूपमा मनाउने निर्णय गरेको थियो । यसपछि हरेक वर्षको वैशाख २४ गतेलाई  ‘राष्ट्रिय पत्रकारिता दिवस’का रुपमा मनाइन्छ । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा कोशी प्रदेश सरकारले पनि हरेक वर्ष प्रदेशभित्रका क्रियाशील अग्रज पत्रकारलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार’मार्फत सम्मान गर्दै आएको छ र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको जनाएको छ ।

विज्ञप्तिमा इतिहासको छोटो अवधिमै सूचना, शिक्षा र मनोरञ्जनको माध्यमबाट नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा सरकारलाई खबरदारी गर्दै राष्ट्रिय संकटका बेला नेपाली समाजलाई एकताबद्ध बनाई राष्ट्र निर्माणमा नेपाली पत्रकारिता क्षेत्रले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक पत्रकारिता क्षेत्रको प्राणवायु हो, यही कुरालाई हृदयङ्गम गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार र सूचनाको हकलाई नेपालको संविधान २०७२ मा मौलिक हकका रूपमा व्यवस्था गरिएको छ ।’

संवैधानिकरूपमै व्यवस्थित गरिएका ती हकहरूको पूर्णरूपमा संरक्षण र कार्यान्वयन गर्दै जिम्मेवार र मर्यादित पत्रकारिताको विकासका लागि कोशी प्रदेश सरकार प्रतिबद्ध र स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । 

सीमित छापामाध्यमबाट सुरु भएको नेपाली पत्रकारिताले सूचना प्रविधिमा आएको विकाससँगै रेडियो, टेलिभिजन हुँदै अनलाइनमार्फत आफ्नो भूमिका निर्वाह गरिरहेको छ । यसरी आफ्नो भूमिका निर्वाह गरिरहँदा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारलाई हामी सबैले सम्मान गर्न जरुरी हुन्छ, मुख्यमन्त्री कार्कीले विज्ञप्तिमा लेखेका छन् ।  

नागरिकलाई सुसूचित गराउन सरकारभन्दा स्वतन्त्र प्रेसको भूमिका बढी हुन्छ, त्यसैले नीर्भिकताका साथ आफ्नो स्वतन्त्रताको उपयोग गर्दै समाजलाई सुसूचित गर्न, सरकारलाई पहरेदारी गर्न राष्ट्रिय पत्रकारिता दिवसले नेपाली प्रेस जगत्लाई थप प्रेरणा र हौसला प्रदान गरोस् भन्दै पुनः यस अवसरमा मुख्यमन्त्री कार्कीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ९ : ४२ बजे

मनोहराले बगाएर ल्यायो ग्यास बुलेट, लिकेजपछि च्यासल क्षेत्रमा त्रास

काठमाडौं– मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ । बाढीले बगाएर

ललितपुरको किस्ट अस्पतालनमा पानी पस्यो, बिरामीलाई अन्तै सारियो

काठमाडौं– ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी

बाढीले एमाले मुख्यालय डुबानमा (तस्बिरसहित)

काठमाडौं– गत बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीले एमाले

पाँचथरमा भवन भत्किँदा दुईजनाको मृत्यु

पाँचथर– अविरल वर्षाका कारण पाँचथर सदरमुकाम फिदिममा भवन भत्किँदा दुईजनाको

कुलेखानी जलाशयको ढोका खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर– अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको